Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीका असईले आफ्नै छातीमा गोली पड्काए

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौं– अछामको तुर्माखाद गाउँपालिका–३ मा नेपाल प्रहरीका सहायक निरिक्षक (असई)ले आफ्नै छातीमा गोली पड्काएका छन्।

samridhi jewllers

असई किसनबहादुर चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।

तत्काल उनको उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यकारी प्रमुख डिआईजी रवीन्द्र केसीले जानकारी दिए। अहिले चन्दको अवस्थामा खतरा मुक्त रहेको उनले जानकारी दिए।

अहिले घटनाको छानबिनलाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्