Nic Ad Nic Ad
Nic Ad Nic Ad

१४ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

बुधबार, कात्तिक २८, २०८१

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१२ अंकले घटेको छ । नेप्सेमा बुधबार भएको १४४ वटा कम्पनीको शेयर कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेर नेप्से २७३४.८३ अंकमा सीमित भएको हो ।

बुधबार नेप्सेमा भएको शेयर कारोबारमा १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै आजको शेयर कारोबारमा भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

बुधबारको शेयर कारोबारमा विकास बैंक, फाइनान्स, हाइड्रोपावर र म्यूचुअल फन्डको सूचक बढेको छ भने अन्य सबै सूचकहरू घट्न पुगेको छ । आज १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर ७ अर्ब ९१ करोड बढी रुपैयाँमा कारोबार भएको थियो ।

नेप्सेमा आज भएको शेयर कारोबारमा सप्तकोशी विकास बैंकको शेयर लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरेका छन् भने कुथेली बुखारी साना हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्