नेभिगेशन
समाज विविध

गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते

चितवन- सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन् ।  

गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका-२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

छाउगोठ भत्काउन विशेष अभियान