नेभिगेशन
खेलकुद

नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ- यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै जितका लागि कुवेतलाई सो लक्ष्य प्रस्तुत गरेको हो ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।खेल दुबईस्थित दी सेभेन्स स्टेडियममा भइरहेको छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक युएई र थाइल्याण्ड सहभागी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै