Nic Ad Nic Ad
Nic Ad Nic Ad

शक्तिकेन्द्रमा अनैतिक चलखेल गर्ने रास्वपा उपसभापति डीपीको यस्तो ढीपी?

शुक्रबार, कात्तिक १६, २०८१

काठमाडौं– सहकारी ठगीदेखि अनेक प्रकरणमा नाम मुछिने सम्भावना भएपछि राज्य सत्ता र शक्ति केन्द्रसँग अनैतिक चलखेल बढाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डीपी अर्यालले अनैतिक चेतावनी दिएका छन्। 

यहाँसम्मकी उनका चलखेलका प्रमाणसहितका समाचार प्रकाशित भएपछि व्यक्तिसहित संचार माध्यमलाई समेत कारबाही गराउन कानुनी उपचारमा जाने उनको ढीपी छ। 

अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएका हुन्। 

केही दिन यता प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीसहित विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति पनि आपत्ति जनाए।

सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गरेका छन्।

‘बिना अनुमति अरूको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध९संहिता २०७४ प्रतिकूल कार्य गरिएको छ। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था छ’, उनले भनेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सभापति रवि लामिछानेलाई छुटाउनका लागि गरेको याचनाको विषय एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक गरेका थिए।

यस्तै उनले परराष्ट्रमन्त्री आरजु राणासँग भेट्ने याचना गरेको विषय पनि सार्वजनिक भएको थियो।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार