नेभिगेशन
मनोरञ्जन

‘पूर्णबहादुरको सारङ्गी’ टीमसँग किन रिसाए मुख्य कलाकार प्रकाश सपूत

काठमाडौं– कात्तिक १५ गते रिलिजको तयारी गरी विहीबार ट्रेलर सार्वजनिक गरेको पूर्णबहादुरको सारङ्गीका मुख्य कलाकार मध्य एक हुन् प्रकाश सपूत।

तर उनी यस फिल्मको प्रमोशन र प्रचारमा अनुपस्थित छन्। कुनै टीजर र ट्रेलर समेत शेयर नगरेका प्रकाश सपूत फिल्मको टोलीसँग रिसाएको पत्ता लागेको छ। 

‘बसन्त’अघि पूर्णबहादुरको सारङ्गी रिलिज नगर्ने भन्ने समझदारी टुट्ने अवस्था आएका कारण प्रकाश सपूत रिसाएको पत्ता लागेको छ।

तर सम्झौता तोडिनुको कारणचाहिँ लगानीको रकम होल्ड गर्न सक्ने अवस्था नभएको र फिल्म एक बर्षपछि धकेल्नुपर्ने स्थिति रहेको पूर्णबहादुरको सारङ्गीका निर्माता बिनोद पौडेलले बताए।

बसन्त चैत २२ गते रिलिज गर्ने मिति तोकिएको छ। उक्त फिल्मपछि मात्र पूर्णबहादुरको सारङ्गी रिलिज गर्नका लागि गाह्रो हुने भएपछि कात्तिक १५ लाई रोजेको निर्माताहरूको भनाई छ। 

विहीबारको कार्यक्रममा पनि सपूत देखिएनन्। ‘हामी उहाँलाई रिक्वेस्ट गरिरहेका छौं तर उहाँको रेस्पोन्स छैन’, निर्माता पौडेलले भने,‘डबिङसम्म गर्नका लागि आउनुभयो त्यसपछि सम्पर्क छैन।’

फिल्ममा मुख्य भूमिकामा बिजय बराल रहेका छन्।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन