नेभिगेशन
मनोरञ्जन

मिस टिन नेपालमा २० जनाले भाग लिने

 काठमाडाैं - काठमाडौं जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् ।

आयोजक काठमाडौं जेसिजले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १९औँ संस्करणको यो प्रतियोगिताका निम्ति तीन चरणको अडिसनबाट २० प्रतियोगी छनोट भएका जानकारी गराएको हो ।

मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीलाई छनोट गरिएको काठमाडौं जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन