नेभिगेशन
मनोरञ्जन

बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो, ‘नेपाली ज्वाईँ’ अस्पताल भर्ना

काठमाडौं– बलिउड अभिनेता गोविन्दा आहुजाको घुँडामा गोली लागेको छ। निजी सुरक्षाका निम्ति लिएको पेस्तोल सफा गर्ने क्रममा पड्कँदा उनको घुँडामा गोली लागेको हो। 

घाइते गोविन्दालाई उपचारका लागि अस्पताल भर्ना गरिएको भारतीय मिडियाहरूले जनाएका हुन्। उनलाई मुम्बईको क्रिटी केयर अस्पतालमा राखिएको छ।

नेपाली ज्वाँई मानिने गोविन्दा पछिल्ला दिनमा बेरोजगार रहेको पनि बताइन्थ्यो।

उनी ८० र ९० को दशकका बलिउडका सर्वाधिक चर्चित र व्यस्त अभिनेता हुन्। उनी सुपर डान्सर नेपालका निम्ति निर्णायक पनि बनेका थिए।461228098_1505573816758121_7005967053631656852_n-1727757947.jpg
  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन