नेभिगेशन
मनोरञ्जन

डीआईजी कार्की : जोसित बन्दुक मात्र हैन, कलममा छ मीठो मल्हम

काठमाडौं - नेपालीहरुको पर्व दसैँको पूर्वसन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् ।

9-1727446299.jpgकरणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् ।

प्रवक्ता कार्कीले दुइ साताअघि मात्रै प्रहरीको पीडा र भावना उजागार गरिएको ‘फूलको वासना सरी’ बोलको गीत सार्वजनिक भएको थियो ।

डीआईजी कार्की जसरी चेन अफ कमान्डको पेशामा छन्। उनका शब्दका लयको चेन त्यो भन्दा गज्जब छ। बन्दुकमा दुखाई बोकेका कार्की मनमा उत्साहको मल्हम बोक्छन भन्ने यो गीतको लेखकीयले छर्लङ्ग पारेको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन