नेभिगेशन
मनोरञ्जन

गायक बिनोद ढकालसहित दर्जनौं कलाकारले यसरी पाए सम्मान

काठमाडौं– गायक तथा संगीतकार बिनोद ढकालसहित दर्जनौं कलाकारलाई इभरग्रीन वल्रडवाइड इन्टरटेनमेन्टद्वारा सम्मानित भएका छन्।
१२ औँ वर्ष प्रवेशको अवसरमा ३१ भदौमा यस्तो सम्मान गरिएको थियो। 

चलचित्र विकास बोर्डमा भएको कार्यक्रममा फिल्म, स्वास्थ्य, व्यवसाय, प्रिन्टिङ्ग प्रेस, पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई समान्न र प्रोत्साहन गरिएको थियो। 

आयोजक संस्थाका अध्यक्ष कलाकार गोपाल ढकाल(छन्दे)ले संचालन गरेको कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका  अध्यक्ष दिनेश डीसी, विशेष अतिथिहरुमा कलाकार तथा निर्देशक रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह र अभिनेता, निर्देशक नवल खड्का उपस्थित थिए।

निर्देशक कलाकार दिपाश्री निरौलालाई मायाको चिनो प्रदान गरिएको थियो। यहि क्रममा गायक ढकालसहित बिरेन्द्र हमाल, राजाराम पौड्याल, शिवहरि नेपाल(बैरागी), रामचन्द्र अधिकारी, उत्तम केसीलाई सम्मान गरिएको थियो। 

छायांकनमा योगदान गरेका शिव ढकालसहित कलाकार नारायण प्रधान, लक्ष्मण बिक्रम बस्नेतसपिहतलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन