नेभिगेशन
राजनीति

सङ्गठन सुदृढीकरणका लागि देशव्यापी छलफलमा जुटेको छु : प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा आफू रहेको बताएका छन् । साथै उनले पार्टीलाई सुदृढ तुल्याउनेतर्फ दत्तचित्त भएर लाग्न कार्यकतालाई निर्देशन दिएका छन्। 

सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उनले त्यसकै लागि आफूहरू देशव्यापी बैठक र छलफलमा जुटेको बताए ।

पार्टीको मधेस प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुगेका अध्यक्ष दाहालले मुलुकको अहिलेको समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन गर्ने बताएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । 

अनुचित लेनदेन (मिटरब्याज)लगायत तमाम बेथितिका विरुद्ध आफूहरूले सरकारबाट संकल्पका साथ सङ्घर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष दाहालले भने, ‘अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोचमा छौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

राज्यको निशानामा राजावादी