नेभिगेशन
मनोरञ्जन

नेपाली कथानक चलचित्र ज्ञान शास्त्रुको  शुभमुहूर्त सम्पन्न  

नेपाली कथानक चलचित्र  ुज्ञान शास्त्रुको आइतवार ईच्छाकामना गाउँ पालिकाको दारेचोकमा अवस्थित ईच्छाकामनामा मन्दिरमा आइतवार शुभमुहूर्त गरिएको छ । ऋषि पंचमीको अवसर पारेर पूजाआजासहितको मुहूर्तमा फिल्मका प्रमुख कलाकार समिर झा र स्मारिका ढकालले मुहूर्त सट दिएका हुन् । 

शुभमुर्हत समारोहमा स्मारिका ढकाल र समिरखानको अलावा निर्देशक दिनेस कुंवर, निर्माता प्रेम बहादुर श्रेष्ठ, लेखक आभास राना , निर्माण नियन्त्रक भोला सुवेदी प्रणबका साथै  कलाकारहरु अनुज गुप्ता, साजल बर्तौला, साजन कार्की  लगायतको उपस्थिती रहेको थियो ्र

विकास बराल र प्रेमबहादुर श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुनलागेको यो चलचित्रमा नायक समिर खान र नायिकाद्वय स्मारिका ढकाल तथा पूर्णिमा थापाको प्रमुख भूमिका रहने छ ।

पछिल्लो समय टिकटकहुदै मोडलिंङ खेत्रमा अत्यधिक  चर्चामा आउनुभएकी स्मारिका ढकालले यस चलचित्रबाट  सिने क्षेत्रमा डेब्यु गर्न लागेका हुन् ।  यस्तै, चलचित्रको मुख्य कलाकारमा सुशील पोख्रेल, सुरवीर पण्डीत, सुवास गजुरेल, श्याम राई, रविन्द्र झा, नरेश पौड्याललगायत रहेका छन् । 

आभास रानाको लेखेन रहेको यस चलचित्रको निर्माण नियन्त्रकको रूपमा भोला सुवेदी ९प्रणब० रहनुहुनेछ भने मुख्य सहायक निर्देशकमा बिनयराज पौडेल छन् । त्यसैगरी कृष्ण भण्डारी शर्माको शब्द रहेको यस चलचित्रको गीतमा संगीत शिव के परियार भरेका छन् भने चलचित्रलाई विष्णु परियारले छायांकन गर्दै छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन