नेभिगेशन
मनोरञ्जन

‘नमेटिने घाउ’को पोस्टरमा प्रधानमन्त्री ओली

काठमाडौं एसिड आक्रमणमा परेका ३३ पीडितहरूको वास्तविक घटनामा निर्माण भएको फिल्म ‘नमेटिने घाउ’को ‘फस्ट लुक’ पोस्टर सार्वजनिक भएको छ । 

सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष स्थान दिइएको छ । पोस्टरमा मध्यभाग ओलीको ठूलो तस्बिर र पृष्ठभूमिमा अन्य कलाकारहरूलाई राखिएको छ । 

यस फिल्ममा ओलीको अभिनय रहेको छ । केही महिनाअघि उनी छायांकनमा सहभागी भएका थिए भने, शनिबार उनले आफ्नो अशंको डबिङ गरेका थिए । 

निर्देशक रमित ढुंगानका अनुसार यस फिल्ममा ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अभिनय रहेको छ । 

त्यस्तै, फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनीलगायतको अभिनय रहेको छ । 

रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने लागेको हो । रमितले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् ।

फिल्मको प्रदर्शन मिति भदौ २१ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन