Nic Ad Nic Ad
Nic Ad Nic Ad
गसिप

कमन सेन्स नभएका अभिनेत्रीको बोलीले सामाजिक सञ्जाल हल्लियो, साम्राज्ञीको स्टप ननसेन्स्

बिहीबार, असार १३, २०८१

काठमाडौं– कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा दुई अभिनेत्रीले बोल्दा कमन सेन्स समेत प्रयोग नगर्दा अहिले फिल्मी क्षेत्र गर्माएको छ। 
उखान छ नि– प्याच्च नबोल्नू! हो, अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले अर्की अभिनेत्री जसीता गुरुङका विषयमा प्याच्च बोल्दा आपत परेको हो। 

samridhi jewllers

कलाकारहरूले दुवै अभिनेत्रीले माफी मात्र मागेर नपुग्ने भन्दै कार्यक्रम हटाउनका लागि अपिल गर्नुपर्ने बताएका छन्। यी सबै क्रिया र प्रतिक्रिया हेर्दैछिन् सञ्चालिका ओसिन सिटौला। 

अभिनेत्री साम्राज्ञीले एउटा पछिल्लो पोस्टमार्फत अभिनेत्री जसीता गुरुङलाई नै ‘गलत’ भन्न खाजेकी छिन् । बुधवार बिहान इन्स्टा स्टोरीमा अभिनेत्री शाहले पोस्ट गरेको एउटा नोटमा उनले जस्सीतालाई ‘स्टप योर ननसेन्स’ सम्म भन्न भ्याएकी छिन् ।

उक्त पोस्टमा साम्राज्ञीले जस्सीताको पोस्टमा गएर माफी मागेको कुरालाई डिलिट गरेको आरोप लगाउँदै एउटा फिल्म (जेरी अन टप) बाट आना शर्मालाई निकालिएको प्रसंगलाई ढाकछोप गर्न आफूहरुमाथि अनावश्यक दोषारोपण गरेको आरोप लगाएकी छिन् । जेरी अन टपमा आना शर्मालाई स्थानमा जस्सीता गुरुङलाई लिइएको समाचार हालै प्रकाशमा आएको थियो ।

अभिनेत्री शाहले कार्यक्रम प्रस्तोताले अचानक केही प्रश्न सोधेपछि त्यसको तत्काल जवाफ दिने क्रममा जस्सीताको बारेमा केही कुरा भुलवस बोलिएको स्विकार्दै कसैलाई चोट पुर्याउने आफ्नो मनशाय नभएको समेत उल्लेख गरेकी छिन् ।

साम्राज्ञीले आफ्नो पोस्टमार्फत जस्सीतालाई नै घुमाउरो शैलीमा खराब भन्दै आफू उनको पछिल्लो क्रियाकलापबाट स्तब्ध भएको तथा उनी कतिसम्म तल झुक्न सकेको भन्दै आलोचना गर्न खोजेकी छिन् । आफ्नो पोस्टको अन्त्यमा उनले लेखेकी छिन्, ‘तिम्रो यो पक्ष देखेर म स्तब्ध भएकी छु जस्सीता, तिमी अझै कति तल झुक्न सक्छौ, स्टप योर ननसेन्स!’

नेपाली सेलिब्रिटीको यहिँनेर देखिन्छ कति बौद्धिकता छ भनेर। हावा तालले फिल्म क्षेत्रमा आएकाले कम सेन्सको पनि प्रयोग गरेका छैनन्।
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्