Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वआईजी केसीको शव्द र बाहलवाला डीएसपी गैरेको संगीतमा बन्यो सशस्त्र प्रहरी गीत

शनिबार, जेठ २६, २०८१

काठमाडौं– सशस्त्र प्रहरी बलको सेवा र कार्यक्षेत्र समेटेर पूर्वमहानिरिक्षक (आईजी) पुष्पराम केसीको शव्द र बाहलवाला नायव उपरिक्षक (र्डीसपी) सुरेश गैरेको संगीतमा गीत तयार भएको छ। 

देशको शान्ति सुरक्षामा प्रतिबद्ध सशस्त्र प्रहरी एउटा जमात भएको भावमा गीत लेखिएको छ भने सोहीअनुसार संगीत संयोजन गरिएको छ। 

447748284_10228540886900246_5751901534257747041_n-1717823447.jpg

गीतमा गायक दीपक लिम्बुले स्वर भरेका छन्। गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन् भने मिक्सिङमा नरेन्द्र वियोगीको योगदान रहेको छ। 
उक्त गीतको भिडिओ केही सातामा रिलिज हुनेछ। 

सशस्त्र प्रहरीले समाजदेखि सीमासम्म योगदान गरे पनि कमै मात्र चर्चा हुने गरेको छ। सशस्त्र प्रहरी बल नेपालको योगदान र कर्तव्यलाई गीतकार केसीले फराकिलो दायरामा व्याख्या गरेका छन्। 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्