नेभिगेशन
सुरक्षा–अपराध

उपत्यका अपराध कार्यालयका इन्स्पेक्टर पक्राउ, घरेलु कामदार नाबालिगमाथि बलात्कार प्रयास 

काठमाडौं– नेपाल प्रहरीको उपत्यका अपराध कार्यालय मिनभवनमा कार्यरत प्रहरी निरिक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी नाबालिग घरेलु कामदार बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा परेका छन्। 

प्रहरी वृत्त स्वयम्भूले शिवाकोटीलाई १४ बर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरी अनुसन्धान थालेको हो। 

बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कारबाही गरिने परिसरले जनाएको छ।

एक त बालिकालाई कामदार राख्न नै नपाइने कानुन छ, त्यहाँमाथि बलात्कार प्रयास नै गरेका शिवाकोटीमाथि मिहिन ढंगले अनुसन्धान हुने प्रहरी अधिकारीले बताएका छन्।  

शिवाकोटीले नै पढाइदिने भनेर सानै उमेरमा कामदारको रुपमा ल्याएर राखेका थिए। बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा  शिवाकोटीले

आफूमाथि बलाकार गरेको उजुरी गरेपछि पक्राउ गरिएको र त्यसको जानकारी अपराध कार्यालयलाई दिइसकिएको वृत्त स्रोतले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ