Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाणिज्य बैंकहरूको निक्षेप २६ अर्ब बढ्दा कर्जा १५ अर्ब घट्यो

मंगलबार, जेठ ८, २०८१

काठमाडौँ- गत वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपमा वृद्धि भए पनि कर्जा लगानीमा भने संकुचन देखिएको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९आव० २०८०/८१ वैशाखमा वाणिज्य बैंकहरूको कुल निक्षेप २६ अर्ब १९ करोडले बढेको छ । सोही अवधिमा कर्जा भने १५ अर्ब १९ करोडले नै घटेको छ ।आव अन्तिममा निर्माणले गति लिएर सरकारको पुँजीगत खर्च बढेसँगै कर्जा पनि केही विस्तार हुने अपेक्षा भए पनि कर्जा भने घटेको तथ्यांकले देखाउँछ ।

चैत मसान्तमा ४५ खर्ब ३६ अर्ब ८४ करोड रहेको वाणिज्य बैंकहरूको कुल कर्जा लगानी वैशाखमा घटेर ४५ खर्ब २१ अर्ब ६४ करोडमा झरेको छ ।

निक्षेप भने चैत मसान्तमा ५४ खर्ब ४१ अर्ब ९१ करोड रहेकोमा वैशाख मसान्तमा ५४ खर्ब ६८ अर्ब ११ करोड पुगेको छ ।

चालु आव लागेपछि वाणिज्य बैंकहरूको कुल निक्षेप ३ खर्ब ८२ अर्ब १६ करोडले वृद्धि हुँदा कर्जा भने २ खर्ब ३ अर्ब ६९ करोड मात्रै बढेको छ ।

असार मसान्त २०८० मा वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब ८५ अर्ब ९५ करोड र कुल कर्जा लगानी ४३ खर्ब १७ अर्ब ९५ करोड थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्