नेभिगेशन
बैंक–वित्त

अधिकांश वाणिज्य बैंकले घटाए मुद्दतीतर्फकाे ब्याजदर

काठमाडौं– अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर घटाएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये साउन महिनाका लागि १४ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फकाे ब्याजदर घटाएका छन् भने दुई वटा वाणिज्य बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर भने असारको तुलनामा यथावत रहेको छ ।

 

त्यस्तै, संस्थागत मुद्दतीतर्फ असार महिनाको तुलनामा साउन महिनामा ११ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने आठ वटा वाणिज्य बैंकले यथावत राखेका छन् । एउटा वाणिज्य बैंकले भने बढाएको छ ।

वाणिज्य बैंकहरूमध्ये साउन महिनामा व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै अर्थात् ६.२६ प्रतिशत ब्याजदर स्टान्डर्ड चार्टर्ड बैंकले दिने भएको छ ।

 

त्यस्तै, व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा कम ब्याजदर प्रभु बैंकले जम्मा ४.२५ प्रतिशत दिने भएको छ ।

साउन महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फ ५.६९७५ प्रतिशत र संस्थागत मुद्दतीतर्फ ४.११३ प्रतिशत औसत ब्याजदर कायम हुने भएको छ ।

बैंकहरूको विवरण

 

बैंकहरूको विवरण

वाणिज्य बैंक   मुद्दतितर्फ साउन महिनाको ब्याजदर
व्यक्तिगत संस्थागत
स्टान्डर्ड चाटर्ड ६.२६
एभरेष्ट ६.२५ ५.२५
एनआईसी एशिया ६.२५ ५.२५
सानिमा ६.१८
प्राइम कमर्सियल
माछापुच्छ्रे
ग्लोबल आइएमई ६.१८
एनएमबी
हिमालयन
सिद्धार्थ ५.७५ ४.७५
कुमारी ५.६१ ४.०१
राष्ट्रिय वाणिज्य बैंक ५.५
नविल बैंक ५.५ ४.०५
लक्ष्मी सनराइज ५.५ ४.५
सिटिजन्स इन्टरनेशनल ५.५
कृषि विकास ५.४ ३.५
नेपाल बैंक ५.४ ३.७५
नेपाल एसबीआई ५.३५ ४.३५
नेपाल इन्भेष्टमेन्ट मेगा ५२५ ४.२५
प्रभु ४.२५ ३.२५
औसत ब्याजदर ५.६९७५ ४.११३

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त