नेभिगेशन
बैंक–वित्त

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई झम्सिखेल, पुल्चोक, ललितपुरस्थित      होपफुल हराईजन नेपाल प्रालिमा मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरूमा  छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बीच होपफुल हराईजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान (परामर्शदाता मनोचिकित्सक) र प्रभु बैंकबाट प्रमुख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रे्रष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमुख, अन्जु बस्नेतको पनि उपस्थिति थियो ।

छुट पाउन बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराईजनमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त