नेभिगेशन
सुरक्षा–अपराध

भरतपुरमा विद्यार्थी लिन गएको बसमा आगजनी

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिका-२० दद्रेनी नजिकै स्कुल बसमा आगजनी भएको छ ।

आइतबार बिहान विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।

बस जलेर पूर्ण रूपमा क्षति भएको छ । तीन वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरू सबै फरार छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध