Nic Ad Nic Ad
Nic Ad Nic Ad
अपराधको नयाँ शैली

हनिट्रयापः सुन्दर युवा–युवतीको ‘मायाजाल अपराध’को कथा

शनिबार, वैशाख २९, २०८१

काठमाडौं– तपाई एक्स्ट्रा अफेयरमा त हुनुहुन्न? या भर्खरै र छिटोछिटो आफ्ना सबै जानकारी ति पार्टनरलाई गराइरहनुभएको छ कि? या, प्रेम र सेक्सकै भरमा सम्पत्तिबारे सबै जानकारीसहित अधिकार दिनु पो भएको छ कि?

पख्नुस् त! केही जानकारी लिनुहोस्। तपाई ‘हनिट्रयाप’को जोखिममा रहन सक्नुहुन्छ। 

पहिला हनिट्रयापबारे सानो जानकारी लिनुहोस् हनि केही ‘केस स्टडी’ राखिनेछ। 

हनिट्रयाप एक अनुसन्धानात्मक अभ्यास हो जसमा पारस्परिक, राजनीतिक (राज्यको जासुसी सहित), वा मौद्रिक उद्देश्यका लागि रोमान्टिक वा यौन सम्बन्धको प्रयोग गरिन्छ। यस्तो प्रयोग युवा या युवतीमार्फत हुने गरेका केही उदाहरण छन्। 

केही उदाहरण यहाँ छन्। 

दाङ तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पूर्पक्षका लागि कारागार चलान गरियो।
दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भई तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको थियो। 

हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। तीमध्ये तुलसीपुर–१८ ग्वारखोला निवासी ३६ वर्षीया कृष्णीकुमारी बस्नेतलाई पनि कारागार चलान गरियो। आपराधिक लाभ मुद्दा चलाइएका घोराही–१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी भने एक लाख धरौटीमा छुटेका थिए। 

honey-_WNmdNDfUWm-1715411862.jpg

‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिँदै ती पुरुषसँग उनीहरुले पाँच करोड माग गरेका थिए। 

उनीहरूले पटक–पटक गरी रु. ३० लाख लगिसकेको खुलेको छ। पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई ‘स्कुटरको लाइसेन्स’ र दुईवटा नागरिकता बनाउन सहयोग गरेकोसमेत खुलेको थियो। त्यस्तै पीडित भनिएका तुलसीपुरका ती पुरुष प्रेम खड्कालाई पनि सरकारी कागज कीर्ते गरेको जनाउँदै मुद्दा चलाइएको छ। पक्राउ परेका खड्कालाई भने साधारण तारेखमा छाडियो।

यो पछिल्लो उदाहरण थियो। प्रहरीका अनुसार यसरी आपराधिक लाभ लिनका निम्ति हनिट्रयापमा परेका कयन उजुरी आउँछन्। तिनको अनुसन्धान हुँदै जाँदा अभियुक्त फेला पर्न सक्ने अवस्थाका घटना सार्वजनिक हुने गरेका छन्। 

अर्को उदाहरण यस्तो छ। 

पुरुषहरूलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाँको बारर्गेनिङ गर्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो। यो पनि दाङकै घटना थियो।
घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान खोज्दा हातपात गरेको भन्दै महिलाले जवरजस्ती करणीको मुद्दा हाल्छु भनेर धम्काएको खुलेको प्रहरीले जनाएको छ। 

५० लाख रुपैयाँ नदिए जवरजस्ती करणीको मुद्दा हाल्ने धम्की दिने महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको थियो। 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीय सितादेवी थापा, सोही ठाउँकी ३५ वर्षीया खुमा वली र ३२ वर्षीय सुष्मा परियार थिए। 
पक्राउ परेकामध्ये थापा र वलीले पुरुषलाई फोन गरी मेरो घरायसी विषयको मुद्दा छ, तपाई कानुन जानेको मान्छे भनि घोराही–१५ मा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएको अनुसन्धानमा खुलेको थियो। 

‘रेष्टुरेन्टमा आएपछि बियर, मासु खाएछन्। ती पुरुषलाई तथानाम गाली गलौज गर्दै महिलाको इज्जतमाथि हात हाल्ने भन्दै जवरजस्ती करणीको मुद्दा हाल्ने धम्की दिएर निस्किए। त्यसपछि फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई छिटो कुरा मिलाउनु प¥यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाए’, अनुसन्धानका क्रममा खुलेको थियो,‘५० लाख रुपैयाँ मागेका थिए, अन्त्यमा एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको सिभिल बैंकको चेकमा जवरजस्ती दस्तखत गराएर लिएका थिए।’

हनिट्रयापमा पार्ने यो मात्र शैली छैन। अचेल लिभ इन रिलेशनसिप भन्ने र पछि बार्गेनिङ गर्ने प्रचलन बढेको पनि प्रहरीका कतिपय अध्ययनले खुलाएको छ। 

युवतीलाई प्रयोग गरेर ‘हनिट्रयाप धन्दा’ चलाएको आरोपमा प्रहरीले चारजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको थियो। । ३ जना युवक र एकजना युवतीलाई पक्राउ गरिएको थियो। 

झापा घर भएकी २४ वर्षीया अनिता मगर उर्फ सिया मगर, सिन्धुपाल्चोक घर भएका दिपक पराजुली, २७ वर्षीय बिमल सुवेदी र २४ वर्षका सरोज तिमिल्सेना रहेका थिए। 

अनिता मगरले सामाजिक संजाल फेसबुकमार्फत फ्रेन्ड रिक्वेस्ट पठाएर कुरा गरेर पुरुषहरुलाई प्रभावमा पार्ने गरेकी थिइन्। पुरुषलाई ‘रिलेसनमा बस्ने’ कुरा गरेर भेट्न बोलापछि उनले केटाहरु बोलाएर पैसाको ‘बार्गेनिङ’ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। 

arrest_vdugHaqLNx-1715411796.jpg

आरोपितहरुलाई ३ लाख रकम बार्गेनिङ गरिरहेको अवस्थामा बालकुमारीस्थित बर्गर हाउसबाट पक्राउ गरिएको थियो। 

अनिताले पीडितहरुलाई होटलमा बोलाउने र सामान्य कुरा गरेर बाहिर निस्केपछि केटाहरुले फोन गरेर धम्कि दिएर पैसा माग्ने गरेको अनुसन्धानबाट थाहा भएको थियो। 

पीडितलाई धम्क्याउन दिपक पराजुलीले पत्रकारको भूमिका खेल्ने गरेका थिए । उनले आफूलाई ‘गृह मन्त्रालयको प्रेस सल्लाहारका हुँ’ भेर परिचय दिने र तर्साउने गरेको अनुसन्धानबाट खुलेको थियो। बिमल सुवेदीले म्यासेज र भेट गरेर ब्ल्याकमेल गर्ने गरेका थिए ।

राइड सेयरिङको पेशा गर्ने सरोज तिमल्सेनाले पीडित र युवतीबीच भेट हुँदा बाहिर बसेर निगरानी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ। उनीहरुले ३ लाख २५ हजार नगद बुझिसकेको खुलेको छ।

हनिट्रयापको मामलामा युवतीको प्रयोग मात्र प्रमुख हुने गरेको छैन। कतिपयले एकल महिलालाई पनि यस्तो पासोमा फसाउने गरेको पनि पाइएको थियो। 

काभ्रे स्थायी घर भएकी सुनिता कार्की (नाम परिवर्तन)को श्रीमानको सात वर्षअघि निधन भएको थियो। ४५ वर्षकी उनी एक्लैले दुई सन्तान हुर्काइन्।

काठमाडौंमै घर भए पनि श्रीमानले उनलाई खासै वास्ता गर्दैनथे। डेढ महिने शिशु आमाको साथमा छोडेर उनले १० वर्ष दुबईमा रगत पसिना बगाइन्, छोराछोरी पढाइन्,बढाइन्। 

छोराबुहारी अष्ट्रेलियामा छन्। छोरी विदेश जाने तयारी गर्दै छिन्। एउटा विदेशमा,अर्को पनि जाने भएपछि उनी सहाराको खोजीमा थिइन्। जग्गा खोज्ने क्रममा चिनजान भएका कैलाशमणि खरालसँग निकटता बढ्दै गयो। 

काठमाडौंको टोखा नगरपालिका ३ बस्ने ४९ वर्षीय खरालले अभिभावकत्व देखाउन थाले। सुशीलाले पनि उनलाई आफ्नै ठान्न थालिन्। कैलाशमणिले सुशिलालाई आफ्नो सम्बन्धविच्छेद भइसकेको र छोराछोरी पनि आफूसँग नबस्ने बताएका थिए। सोझी उनले खरालको सबै कुरा पत्याइन्।

त्यही व्यक्तिले आज उनलाई ‘घर न घाट’ को बनाइदिएका छन्। काठमाडौं महानगरपालिका ४, धुम्बाराहीमा साढे दुई तलाको घर भएकी उनी अहिले बेघर हुन पुगेकी छिन्। आमाछोरी सडकमा भौँतारिरहेका छन्।

एकातिर छोराले विदेशमा बसेर कमाएको सबै पैसा कैलाशमणिले खाइदिए, अर्कोतिर यहाँ भएको जायजेथो पनि सखाप बनाइदिए। विभिन्न बहाना बनाएर कैलाशमणिले उनीबाट पैसा उठाइरहे, उनले दिइरहिन्। 

हिसाब गर्दा पो उनले तीन करोड बढी रकम आफूबाट लगिसकेको थाहा पाइन्। 

‘कैलाशमणिसँग मेरो चिनजान भएको दुई वर्षजति भयो। उहाँसँग जग्गा खोज्ने क्रममा चिनजान भएको थियो। उहाँले मलाई आफ्नो सम्बन्धविच्छेद भइसकेको र छोराछोरी पनि साथमा नबस्ने बताउनुभएको थियो। म विश्वासमा परे। सबै लुटिसकेपछि खोज्दै जाँदा उहाँको सपरिवार नै बस्दै आएको थाहा पाए। मसँग अहिले केही पनि छैन्, सडकमै आइपुगेको छु’, उनले भनेकी थिइन्। 

आफूलाई ठग्नमा कैलाशमणि मुख्य नाइके भएको सुशीला बताउँछिन्। उनलाई चितवनको माडी पुर्याएर कैलाशमणिसहित अन्य तीनले पनि लुटे।

शुरुमा उनी काठमाडौंमै घडेरी किन्ने सोचमा थिइन्। कैलाशमणिले उनलाई मायाजालमा पारेर टोखाको कुखुरा फार्ममा पैसा हाल्न लगाए। 

२० लाख रुपैयाँ दिइसकेपछि मात्रै उनले त्यहाँको फार्म नाम मात्रको भएको थाहा पाइन्। फार्म खरिदको नाममा कैलाशमणिले उनको लाखौं रुपैयाँ खाइदिए।

हनिट्रयापमा पार्नका लागि युवा वा युवतीले कस्ता भाषाको प्रयोग गर्न सक्छन्? लेखिका एन्नीटे जे ड्युनेलाको पुस्तकमा भनिएको छ–

मेरो समस्या भनेको मलाई सेक्स मन पर्छ । ठट्टा होइन मलाई सेक्स मन पर्छ। 

सेक्स बिनाको जीवन मेरो लागि असहनीय छ। बाल्यकालमा मेरी आमाले भन्नुहुन्थ्यो कि म पुरुषहरूलाई माया गर्थे र महिलाहरूलाई घृणा गर्थें। म

प्राममा हुँदा पुरुषहरूलाई देखेर मुस्कुराउने गर्छु र तिनीहरूलाई ललीपप वा मिठाईहरू प्रस्ताव गर्छु। 

मलाई लाग्छ कि यो मेरो जीनमा छ, मेरो सानो कमजोरी। म भ्यालियम र भोड्का बिना बाँच्न सक्छु तर मेरो सेक्स होइन। मेरो लागि मेरो रोजाइ साधारण

पुरुष वा स्वर्ग हो र म ती दुवैलाई माया गर्छु। म त्यो छनौट गर्न सक्दिन। 

यस्तो छ कि त्यहाँ कुनै दुष्ट शक्तिले मलाई इश्कबाजी गर्न र वरिपरि सुत्न प्रेरित गरिरहेको छ। कुनै पनि मानिस मेरो लागि पर्याप्त छैन र अब म पुनर्वासमा नन जस्तै जीवन बिताउनु पर्छ। म साहसी छैन मलाई मात्र गलत बुझिएको छ। अहँ, नहाँस्नु यो एउटा रोग हो र थकाइ दिने म धेरै थाकेको छु, धेरै थाकेको छु।

यसर्थ हनिट्रयाप पर्नबाट जोगिनुहोस्। त्यस्ता भाषाको प्रयोग र कहाँ समस्यामा पर्न सक्छु भन्ने खतरालाई सँधै आँकलन गनुहोस्।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्