नेभिगेशन
सुरक्षा–अपराध

काभ्रेमा तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव भेटियो

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एउटा शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त शव पुरुषको हो। सनाखत हुन नसकेको शव कम्तिमा २५ बर्षसम्मका युवाको हुन सक्ने अनुमान गरिएको छ।

फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा शव फेला परेको थियो। प्रहरीका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव भेटिएको हो। 

शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान छ। घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ