सौगातको सङ्गितमा प्रभात र सोफी मस्त अभिनय (भिडियो)

बुधबार, वैशाख २६, २०८१

काठमाडौं– गायक तथा संगीतकार सौगात जङ्ग थापको सङ्गितमा रहेको तिम्रो मिठो मायाँले बोलको गीत सार्वजनिक भएको छ । थापाले संगीत भरेको गीतमा हर्क चाम्लिङ र अनु चौधरीको मिठो आवाज सुन्न सकिन्छ ।  

मनाङको रमणिय स्थानहरुमा छायंकन गरिएको गीतको भिडियोमा प्रभात पल ठकुरी र सोफी धरेलको मस्त अभिनय रहेको छ । गीतमा विशाल निरौलाको एरेन्ज, रन्जन राईको मिक्सिङ मास्टरिङ रहेको गीतलाई अलन्कार रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । 

केशब राज भटको कोरियोग्राफी र निर्देशनमा बनेको म्युजिक भिडियोलाइ उत्सब दाहालले छायंकन गरेका हुन् भने दिनसन शाहले सम्पादन गरेका छन् ।


 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्