Nic Ad Nic Ad
Nic Ad Nic Ad

जुम्लाको कार्यक्रममा ढुंगा प्रहारः  ज्ञानेन्द्र शाहीलाई जोड्दै गायिका ज्योती मगरको बकपत्र 

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं– विभिन्न जिल्ला र सहरमा हुने महोत्सवका कार्यक्रममा प्रस्तुती दिने चटारोमा रहेकी गायिका ज्योती मगर पहिरनका कारण नै चर्चामा हुने गर्छिन्। 

बेलामौका विवादमा आउने गायिका मगरले जुम्लामा भएको कार्यक्रममा प्रस्तुती दिँदा ढुंगा प्रहार भएको विषय सोमबारदेखि सन–सनी फैलिएको छ। 
आखिर जुम्लामा भएको के हो? भन्ने विषयमा गायिका मगरले बकपत्र लेखेकी छन्। 

उनी भन्छिन्–
भाको केहो भने १० हजार भन्दाबढीको मासको उपस्थिती थियो। मैले गीत गाउँदैगर्दा दर्शकहरू नाच्न र झुम्न थाल्ने क्रममा त्यहाँ भएका साना–साना बच्चा र महिलाहरू च्यपिन थालेपछि प्रहरीहरू भिडमा घुसेर रोक्न खोज्दै लाठी चार्ज गर्न थाले। 

नाच्न नपाएपछि केटाहरूले प्रहरीलाई ढुङा हान्न थाले र एक्छिन माहोल बिग्रेको हो। करिब आधा घन्टा म्युजिक अफ गरेपछि फेरि माहोल साम्य भयो र बाँकी गीत गाएर कार्यक्रम सकिएको हो।

यदि म माथि ढुंगामुढा भाको भए नि म त खुशी नै हुन्थें। किन थाहा छ? बिना दर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो। १० हजार बढी दसशकले पैसा तिरेर मलाइ हेर्न आउँछन् भने त म त खुशी खुशी ढुङ्गा नि खाइदिने हो।

कार्यक्रम भब्य र सभ्य भयो भन्ने तर चौरमा ४ जना नि दर्शक नहुनुलाई भन्छ, दर्शकले लखेटेको भनेर, लखेट्नुलाई ढुङ्गा हान्नु पर्दैन उसको कार्यक्रम नै नहेरी इग्नोर गर्नुनै मनदेखि बिरोध गर्नु लखेट्नु हो के बुङाहरू कुरा बुझ्ने गर।

अहिले आइरहेको समाचार मेरा हेटर्सहरूले फैलाइरहेको भ्रम हो। उनीहरूले अरु त केही गर्न सक्दैन भ्रम फैलाउने र भ्रममै रमाउने हुन बिचराहरू। 

अहिले धेरै जनाको स्टाटस र भिडिओ क्लिप शेयर गरिरहेको कतिपयको प्रोफाइल हेरेको कोही कोही आरिस गर्ने कलाकार र आरिस गर्ने सो कल्ड समाजसेवी देखें। कोही कोहीचाहिँ उही बिचरा ज्ञानेन्द्र शाही जीका भक्तहरू बाँकी थाहा नपाउने इनोसेन्ट पिपुल जसले जे भने नि होला कि भनेर बिश्वास गर्नेहरू। 

तँ झ्याक्नेहरू भ्रम फैलाउदै भ्रममा रमाउदै गर। मचाहिँ हिँडे सुर्खेतको सिम्तातिर गित गाउन। लखेट्नु छ भने आइज सय रुपियाँको टिकट काटेर। 


 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्