टी–२० अभ्यास सिरिजः वेस्ट इन्डिजले टस जित्यो, नेपाललाई फिल्डिङको निम्तो

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं– टी–२० सिरिज अन्तर्गत आज हुने खेलमा वेस्ट इन्डिजले पहिला ब्याटिङ रोजेको छ। टस जितेको वेस्ट इन्डिजले नेपाललाई फिल्डिङको निम्तो दिएको हो।  

त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, प्रतिश जिसी र सन्दीप जोराले खेल्नेछन्। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्