वेस्ट इन्डिज एले नेपाललाई दियो २०५ रनको लक्ष्य 

शनिबार, वैशाख १५, २०८१

काठमाडौं– टी–२० ५ वटा खेलको सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज एले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ। 
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा टस जितेका नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले फिल्डिङ रोजेका थिए। 

त्रिवि मैदान किर्तिपुरमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेट गुमाएर २०४ रनको योगफल तयार गरेको हो। वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेसले ४६ बलमा ७४ रन बनाए। त्यस क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे।

ओपनर एलिक एथनेजले २५ बलमा ४७ रन बनाए। त्यस क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे। किची कार्टीले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३८ रन जोडे। आन्द्रे फ्लेचरले १३ रनको योगदान गर्दा कादिम एलेन १४ रन बनाएर नट आउट रहे।

बलिङतर्फ नेपालका कमलसिंह ऐरीले, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले एक/एक विकेट लिए।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, अनिल शाह(विकेटकिपर), रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जि.सी. विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी रहेका छन्। 

आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख भने बेञ्चमा छन्। .
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्