मोडलिङ गरेको फोटो राख्दै राजेश हमालले किन लेखे ‘जुन इज माई मन्थ’

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं– नेपाली फिल्म उद्योगको साख जोगाएकै कारण ‘महानायक’को पगरी पाएका अभिनेता राजेश हमालले सामाजिक सञ्जालमा एउटा तस्बिर राख्दै ‘जुन ईज माई मन्थ’ लेखे। 

प्रायः पत्नी मधु भट्टराईसँगका तस्बिरसहित झुल्किने अभिनेता हमालले काठमाडौं क्रेजमा गरेको फोटोसुटको तस्बिर सार्वजनिक गरेका थिए। 

उनले जुन ईज माई मन्थ लेख्नुको अर्थ छ। अभिनेता हमाल जेठ २६ गते जन्मिएका हुन्। उनको जन्मदिन जुन ९ तारिखमा पर्छ। यसकारण उनले यस्तो लेखेका हुन्। 

नेपाली फिल्म उद्योगमा ९० को दशकमा एउटा पूरा दशकभन्दा बढी हमालको जगजगी थियो। उनकै कारण धरासायी बनिसकेको फिल्म उद्योगले गति पाएका प्रायः सबै कलाकारले बताउने गरेका छन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्