जनकपुरका होटलमा एकै दिनमा तीन जना मृत फेला परे

बुधबार, वैशाख १२, २०८१

धनुषा– जनकपुरको होटलमा मंगलबार एकै दिनमा तीन जना मृत फेला परेका छन्। जसमा दुई युवा र एक युवती रहेका छन्।

पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय मित कुशियैत यादव बुधबार मृत फेला परे। 

होटलको कोठा नं. २०४ मा झुन्डिएको अवस्थामा राति ११ बजे मृत फेला परेको धनुषाका प्रहरीले जनाएको छ। 

बेलुका ७ बजे युवक कोठा बुक गरेका थिए। राति ११ बजे ढोका खुल्लै अवस्थामा कोठामा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ। 

यसैगरी, रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका थिए। 

महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा भेटिएका थिए।

मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुवैजनाको शव झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको धनुषाका प्रहरीले जनाएको छ।

कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

उनीहरु चार दिनदेखि त्यस होटलमा बसेका थिए।
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार