Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री पुनःका चालक प्रहरी हवल्दारले कुटे एसपी तामाङका बडिगार्ड जवान

मंगलबार, चैत २७, २०८०

काठमाडौं– अर्थमन्त्री बर्षमान पुनःका चालक नेपाल प्रहरीका हवल्दार उज्वल भण्डारीले सिंहदरबार गणका एसपी सन्तोष तामाङका अंगरक्षक प्रहरी जवान सुन्दर सिंहलाई कुटेका छन्। 

मन्त्री पुनःको सचिवालयमा नै भण्डारीले सिंहलाई चड्कन लगाएका हुन्। मन्त्री पुनका चालक प्रहरी हवल्दार भण्डारीले जवान सुन्दर सिंहले मलाई किन सलाम गर्दैनस्? भन्दै गाला रातो हुनेगरी आज बिहान करिब साढे दस बजेको समयमा थप्पड हानेको एक प्रत्यक्षदर्शीले जानकारी दिए। 

भण्डारीले सिंहलाई थप्पड हान्दा मन्त्री पुन आफ्नो कार्यकक्षमा थिए। घटनालाई सामसुम पार्न प्रयास गरिएको छ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्