तिब्र बलिङले ९८ रनमा समेटियो गुजरात, नेपाललाई ९९ रनको लक्ष्य 

आइतबार, चैत १८, २०८०

काठमाडौं– त्रिकोणात्मक टी–२० सिरिज फ्रेन्डसीप कप अन्तर्गतको पहिलो खेलमा नेपालले भारतको गुजरात स्टेट टोलीलाई ९८ रनमा नै अल आउट गरेको छ। 

टस जितेर बलिङ रोजेको नेपालले ९९ रनको लक्ष्य पाएको हो। गुलशन झा र करण केसीको उत्कृष्ट बलिङका कारण गुजरातले नेपाललाई सामान्य लक्ष्य मात्र दियो। 

साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भयो।

गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए ।

नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए ।

अब नेपालले ब्याटिङ गर्नेछ।
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्