नेभिगेशन
खेलकुद

फिफाले एन्फामाथिको आर्थिक प्रतिबन्ध हटायो

काठमाडौं– विश्व फूटबल महासंघ (फिफा)ले अखिल नेपाल फूटबल संघ (एन्फा)माथि लगाएको आर्थिक प्रतिबन्ध हटाएको छ।

नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको एन्फाले शनिबार जानकारी दिएको छ।  

आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो।

चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले नेपालमाथि लगाइएको उक्त बन्देज हटाएको एन्फाले जानकारी दिएको छ।

जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको पत्र पठाएको एन्फाले जनाएको छ।

यस्तो छ जानकारी
516293226_1797111377902846_3303143427825328926_n-1752311388.jpg
2-1752311404.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद