नेभिगेशन
समाचार

तोयम रायालाई महालेखा परिक्षकमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय 

काठमाडौं– संवैधानिक परिषदको बैठकले नयाँ महालेखा परिक्षकमा तोयम रायालाई नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार बसेको बैठकले रायालाई नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको हो। 

टंकमणि शर्मा सेवा निवृत्त भएपछि रिक्त रहेको उक्त पदमा तथ्यांक विभागका प्रमुख रहेका पूर्वअर्थ सचिव रायालाई नियुक्त गर्न बालुवाटारमा बसेको बैठकले सिफारिस गरेको हो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार