टी-२० सिरिजमा नेपालले आज गुजरातसँग खेल्दै

आइतबार, चैत १८, २०८०

काठमाडौं - नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ ।

उक्त खेल साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ । नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछन् । सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।

नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्