नेभिगेशन
समाचार

संवैधानिक परिषद्को बैठक बस्दै, संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल हुने

काठमाडौँ - संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको हो । 

बैठकमा रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल हुनेछ । 

परिषद्को बैठक यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन । बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार