नेभिगेशन
समाज विविध
त्रिशुलीमा ट्याक्सी खस्यो

बाबुको दाहसंस्कार गरी फर्किँदै थिए बेपत्ता रोकाया, मृत्यु भएका सबैको सनाखत

काठमाडौं– शनिबार बिहान त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका र बेपत्तासहित सबैको सनाखत भएको छ। 

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खस्दा त्यसमा सवार गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

१८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले गोताखोरको प्रयोग गरी बेपत्ताको खोजी जारी राखेको छ भने अन्यको शव निकालिसकेको छ।

गोरखा नगरपालिका–७ का ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो। बेपत्ता दिवस उनका छोरा हुन्। 

शंकरको निधनपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरी उनका आफन्त घर फर्कँदै थिए। दुर्घटनामा परी मृत्यु भएका ७० वर्षीय जुनमाया रोकाय शंकरकी आमा हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

छाउगोठ भत्काउन विशेष अभियान