हाजिरी जमानीमा छोरा एटमको जिम्मा लगाएर छाडियो कृष्णबहादुर महरा 

शुक्रबार, चैत ९, २०८०

काठमाडौं– सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सरकारी वकिलको कार्यालयले बयान सकिएपछि उनलाई छोरा एटम महराको जिम्मा लगाएर छाडिएको हो। महराको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर विदेश जान नपाउनेगरी हाजिरी जमानीमा छाडिएको सीआईबी स्रोतले जनाएको छ। 

महरालाई सुन प्रकरण छानबिनका लागि कपिलबस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। उनी अस्पताल हिरासतमा रहेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्