महराको बयान सकियो, हाजिरी जमानीमा छाडिने

शुक्रबार, चैत ९, २०८०

काठमाडौं– सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सरकारी वकिलको कार्यालयले बयान सकाएको हो। उनलाई शुक्रबार नै हाजिरी जमानीमा छाड्ने तयारी छ। 

उच्च स्रोतका अनुसार महराको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर विदेश जान नपाउनेगरी हाजिरी जमानीमा छाड्ने तयारी भएको हो। विभिन्न रोगका औषधि लिने गरेका कारण जिल्ला अदालतले उनलाई अस्पताल बस्ने अनुमति दिएको थियो।
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्