नेभिगेशन
सुरक्षा–अपराध

गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबारमा प्रदर्शन गर्ने डेढ दर्जन विद्यार्थी पक्राउ

काठमाडौं– सहकारीपीडितको न्यायको माग गर्दै सिंहदरबार गेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने डेढ दर्जन विद्यार्थीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आवद्धको प्रदर्शनले निषेधित क्षेत्र पार गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सो क्रममा गृहमन्त्री रवि लामिछानेको नैतिकता खोई? सहकारी पीडितलाई न्याय खोई? भन्दै प्रदर्शन गरिएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध