नेभिगेशन
सुरक्षा–अपराध

धनुषामा सशस्त्र र तस्करबीच भिडन्तमा चार राउन्ड गोली चल्यो, आधा दर्जन प्रहरी घाइते

जनकपुर– नेपाल–भारत सीमावर्ती क्षेत्र पर्ने धनुषाको विदेह नगरपालिका–२ मा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच भिडन्त हुँदा ६ जना घाइते भएका छन्।

भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका हुन्। 

घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। सो क्रममा चार राउन्ड हवाइ फायरसहित १३ सेल अश्रुग्याँस प्रहार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो। 

धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्राएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको पुगेको थियो। 

सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध