नेभिगेशन
समाज विविध

प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ  - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिमबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बाग्लुङको निसीखोलामा दुर्घटना भई सातजनाको मृत्यु र २५ जना यात्रु घाइते भएकामा दुःख व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन समेत दिनुभएको छ । साथै प्रधानन्त्री दाहालले बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्न अनुरोध गर्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध