सुन तस्करी प्रतिवेदनको साइड इफेक्टः सीआईबी प्रमुखमा बज्राचार्य हटाएर ज्ञवाली पठाउने तयारी

शुक्रबार, चैत २, २०८०

काठमाडौं– सुन तस्करी जाँचबुझ तथा छानबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेअनुसार काम गर्नका लागि मन्त्रिपरिषदको बैठक डाकिएको छ। 

उक्त बैठकले यस प्रकरणमा कारबाही सिफारिस गरिएकी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यको सरुवा गर्ने उच्च स्रोतले जनाएको छ। 

गृह मन्त्रालयको प्रस्तावमा बज्राचार्यको सरुवा गरी उक्त ठाउँमा अर्का एआईजी श्यामलाल ज्ञवालीलाई लैजाने तयारी भएको स्रोतले जनाएको छ। ज्ञवालीको प्रस्ताव उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने बताइन्छ। 

एआईजीको सरुवा मन्त्रिपरिषदले गर्नुपर्छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्