नेभिगेशन
समाचार

रेशममाथि पत्नी हावी, सदनमा उभिएर रञ्जिताले भनिन्– प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा पत्नी रञ्जिता श्रेष्ठबीच राजनीतिक विवाद कायम रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने घोषणा भएको छ। 

नाउपा अध्यक्ष श्रेष्ठले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्ने घोषणा गरेकी छन्। बुधबार प्रचण्डले विश्वासको मत मागेपछि नेताहरूले धारणा राखेका थिए। 

रेशम भने यो गठबन्धनको विपक्षमा उभिएका छन्। उनले अलग बैठक राखेर विश्वासको मत नदिनका लागि निर्णय गराएका थिए। तर, पत्नी श्रेष्ठले भने ह्वीप जारी भएको पूर्वघोषणासहित मतदान गर्नका निम्ति भनेकी थिइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार