Nic Ad Nic Ad
Nic Ad Nic Ad

गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक

बुधबार, फागुन ३०, २०८०

काठमाडौँ- सरकारले २०८० जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा कैद छुट दिएका ४८२ जनाको नामावली करिब १० महिनापछि सार्वजनिक गरेको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को नियम तीन र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद छुट दिएकाको नामावली राजपत्रमा प्रकाशित भएको हो ।

रमेश थलङ भन्ने हेमबहादुर थलङसमेत ४८२ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । यस अघि कैद छुट तथा मिनाहा पाउनेको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गर्ने गरेको भए पनि व्यक्तिको गोपनीयताको हकलाई ख्याल गरेर वेबसाइटमार्फत सार्वजनिक गर्न रोकेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्