नेभिगेशन
समाचार

नाउपाका दुखः ‘महारानी’ बन्ने चेष्टामा रञ्जिता, सत्ताबाहिर बसेर भिमा भारती बन्ने अभ्यासमा रेशम

काठमाडौं– केन्द्रीय राजनीतिको सत्ता समीकरण र प्रदेश सरकारमा हालीमुहालीको दुई अभ्यासमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का पती–पत्नी रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठको कथा एउटा राजनीतिक वेभ सिरिज ‘महारानी’को कथासँग मेल खान पुगेको छ। 

बिहारको फोहोरी राजनीतिबीच सत्तामा पुगेकी महारानी अर्थात् रानी भारती र उनका पती भिमा भारतीको सत्ता लोभमा दलभित्रका नेता चलाउने शैलीमा नाउपाले राजनीतिक दुख भोग्ने निश्चितप्रायः छ। 

सुदूरपश्चिम सरकारमा नाउपाका तीन मन्त्री, चार सांसदले पद पाउने विषयलाई रेशमलाल चौधरीले स्वीकार गरेका छन् भने त्यसको विपक्षमा उभिएकी छन्, अध्यक्ष श्रेष्ठ। चौधरीको अध्यक्ष पद निर्वाचन आयोगले खारेज गरेसँगै देखिएको यो पती–पत्नीको राजनीतिक खिचातानी केन्द्रमा फेरबदल भएको सत्ता गठबन्धनको प्रभावका आधारमा हेर्न आवश्यक छ।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेपछि पती–पत्नीको विवाद थप सतहमा आएको हो।

यसले के देखिन्छ भने रेशमलाल चौधरी अहिलेको नयाँ गठबन्धनको विपक्षमा उभिने होडमा छन् भने श्रेष्ठ नयाँ गठबन्धनमा रहेका कारण संघीय सरकारमा जान चहान्छिन्। उनले नियुक्त भएका मन्त्रीलाई फिर्ता बोलाउनका लागि पत्राचार नै गरेकी थिइन्।

श्रेष्ठले केन्द्रमा सरकारलाई समर्थन हुने स्थितिमा कसरी सुदूरपश्चिममा मन्त्री बनाइए भन्नेबारेमा आफूले एक्शन लिने प्रतिक्रिया दिएकी थिइन्। तर पती रेशमलाल चौधरीको अनुमतिका आधारमा नै त्यहाँ मन्त्री गएको भन्ने चाल पाएपछि सम्बन्धमा थप दरार आएको छ। 

खासगरी यो त्यहि वेभ सिरिजकै कथा जस्तो देखिन्छ। मुख्यमन्त्री पदमा नरहेपछि भिमा भारतीले पत्नी महारानीलाई मुख्यमन्त्री बनाउँछन्। भ्रष्टाचारमा लिप्त हुनेगरी भिमा भारतीले गठन गरेको मन्त्रिपरिषदका भ्रष्टलाई महारानीले हटाएर पतिको निर्णयको उल्लंघन गर्छिन्। पछि उनै भिमा भारतीले महारानीलाई मुख्यमन्त्री पदबाट हटाउनका लागि अनेक प्रकारका राजनीतिक खेल खेल्छन्। नाउपा पनि यहि शैलीको राजनीतिक अभ्यासमा जुटेको स्पष्ट देखिन्छ।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार