Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानी रक ब्यान्डले जब दशरथ रंगशालामा ६० हजार मान्छे उतार्यो

शुक्रबार, फागुन २५, २०८०

कल्पना गर्नुहोस् त, दशरथ रंगशालामा कुनै सांगीतिक कन्सर्ट भएको होस् । त्यसमा कति दर्शकहरू उपस्थित होलान् ? १० हजार, २० हजार वा ४० हजार ? नेपालमा त्यसमा पनि राजधानीमा हुने सांगीतिक गतिबिधिहरू एकदमै सिमित हुँदै गइरहेका छन् । ति कुनै रेस्टुरेन्ट र पबहरूमा मात्र हुने गरेका छन् । यसैले वर्तमान अवस्थालाई मध्यनजर गर्दा तपाईले माथिको प्रश्नमा धेरै अनुमान गर्नु भयो भने ४० हजारसम्म दर्शकको उपस्थितिको अनुमान गर्न सक्नुहोला ।

तर यो तस्विरमा देखाइएको कन्सर्टमा हामीले कल्पना गरे भन्दा बढि दर्शकहरू उपस्थित भएका थिए । सो कन्सर्टमा ६० हजार दर्शक उपस्थित भएको भनेर तत्कालिन अन्तराष्ट्रिय मिडियाहरूले समाचार लेखेका थिए । यो कन्सर्ट २०३६ सालमा भएको थियो र यसमा सो समयको चर्चित जापानी रक ब्यान्ड गोडिएगोले आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो ।

japanese-music-concert-in-nepal-people-1709868955.jpg


त्यो कन्सर्टलाई राज्यले पनि विशेष कार्यक्रम मानेको थियो । यसैले त्यसमा बिजुली पर्याप्त पुर्याउन शहरव्यापी विद्युत कटौती (लोडसेडिङ) गरिएको थियो । कन्सर्टमा सहभागी हुन र त्यसको प्रभाव विस्तार गर्न बैंक तथा कार्यालयहरू बिदा दिइएको थियो ।

japanese-music-concert-in-nepal-1709869020.jpg



जापानी रक ब्यान्ड गोडिएगोले आफ्ना चर्चित गीतहरू गाएका थिए । त्यो बेला नेपालमा रक संगीतहरू प्रचलित थिएनन् । तर त्यो कन्सर्टमा आएका मानिसहरूको संख्याले त्यो ऐतिहासिक सांगीतिक कार्यक्रम बन्यो । नेपालमा रक संगीतलाई बलियो बनाउन त्यो कन्सर्टको ठुलो भुमिका रहेको त्यतिबेलाका संगीतका पारखीहरू बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्