फेसबुक र इन्स्ट्राग्राम ‘डाउन’, अचानक ‘लगआउट’

मंगलबार, फागुन २२, २०८०

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुक र इन्स्ट्राग्राममा समस्या देखिएको छ ।

बुधबार राती ९ बजे चलिरहेका एकाउन्ट अचानक  ‘लगआउट’ भएर बन्द भएका छन् । त्यसपछि प्रयोगकर्ताहरुले आफ्नो सामाजिक सञ्जाल ‘लगइन’ गर्न सकिरहेका छैनन् ।

यो समस्या विश्वभर नै देखिएको प्रयोगकर्ताहरुले बताइरहेका छन् । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् । 

नेपालमा पनि आज राति साढे ९ बजेतिरदेखि यो समस्या देखिएको छ । प्रयोगकर्ताहरुले फेसबुक खोल्ने प्रयास गरेपनि सफल नभएको जानकारी ट्वीटरमा गरिरहेका छन् । 

सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा लाखौँ प्रयोगकर्ताले लगइनबारे समस्या आएको गुनासो गरेका छन् ।

यसबारे मेटाले कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्