छैंटौं झापा गोल्डकप

चर्च ब्वाईज झापा गोल्डकपको सेमिफाइनलमा 

मंगलबार, फागुन २२, २०८०

बिर्तामोड– चर्च ब्वाईज युनाईटेड क्लब छैंटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  

मंगलबार बिर्तामोड स्थित् डोमालाल राजवंशी रंगशालामा भएको खेलमा एनआरटीलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाईजले सेमिफाईनलको यात्रा तय गरेको हो । 

चर्च ब्वाईजका स्टाईकर अवयामी फकुल्नेले खेलको ३६ औं मिनेटमा सञ्चित राईले दिएको आकर्षक पासमा गोल गरेका थिए । दोस्रो हाफमा एनआरटिले चर्चब्वाईजलाई दबावमा राखेपनि, पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पर्यो । चर्च ब्वाईजले आयोजक झापा–११ र एन्फा मकवानपुर बिचको बिजेता टिम संग फाईनल प्रवेशकालागी खेल्ने छ ।

छैंटौं संस्करणको झापा गोल्डकपको बिजेताले नगद १३ लाख सहित आकर्षक ट्रफि पाउनेछन् भने उपविजेताले नगद् ७ लाख रुपैंया प्राप्त गर्ने छन् । 

बुधबारको खेल मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबिच हुने झापा गोल्डकप आयोजक समितिले जनाएको छ ।    

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार