Nic Ad Nic Ad
Nic Ad Nic Ad

नामिबियामाथि नेदरल्याण्ड्स ५९ रनले विजयी

बिहीबार, फागुन १७, २०८०

काठमाडौँ- नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको छ । 

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेदरल्याण्ड्स ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको हाे ।

यस अघि पहिला ब्याटिङ गर्दै माइकल लेभिटको आक्रामक १३५ रनको शतकीय पारी र सिब्राण्ड एंगेलब्रेचटको ७५ रनको मद्धतले नेदरल्याण्डस ले २४७ रन बनाएको थियो । यो जारी सिरिजमा नेदरल्याण्डसको दोस्रो जित हो । यसअघि नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको थियो ।

त्यस्तै नामिबियाको भने २ खेलमा यो पहिलो हार हो । नामिबियाले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो । अब सिरिजको अर्को खेल शुक्रबार नेपाल र नामिबियाबीच हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्