भारतीय क्रिकेटरको तलब वार्षिक ७ करोड भारुसम्म

बुधबार, फागुन १६, २०८०

काठमाडौँ– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले २०२३/२४ मा खेलाडीको सेन्ट्रल कन्ट्रयाक सार्वजनिक गरेको छ ।

बिसीसीआईले आज सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाकमा क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ ।

त्यस्तै, भारतीय राष्ट्रिय टिममा रहेका र घरेलु प्रतियोगिता नखेलेका श्रेयस अय्यर र इशान किशनलाई बोर्डले सेन्ट्रल कन्ट्रयाकबाट बाहिर राखेको छ ।

यस्तो छ ग्रेडअनुसार तलब

ए प्लस ग्रेड बार्षिक ७ करोड भारु पारिश्रमिक पाउने खेलाडीहरु

  • रोहित शर्मा
  • विराट कोहली
  • जसप्रित बुमराह र 
  • रविन्द्र जडेजा 

ए ग्रेड बार्षिक ५ करोड भारु पारिश्रमिक पाउने खेलाडीहरु

  • आर आश्विन
  • मोहमद शामी
  • मोहमद सिराज
  • केएल राहुल
  • शुभमन गिल र 
  • हार्दिक पाण्डेय

बी ग्रेड बार्षिक ३ करोड भारु पारिश्रमिक पाउने खेलाडीहरु

  • सूर्यकुमार यादव
  • ऋषव पन्त
  • कुलदीप यादव
  • अक्सर पटेल र 
  • यशस्वी जैसवाल

सी ग्रेड बार्षिक १ करोड भारु पारिश्रमिक पाउने खेलाडीहरु

  • रिंकु सिंह
  • तिलक बर्मा
  • रुतुराज गायकवाड
  • श्रदुल ठाकुर
  • शिभम दुवे
  • रवि विश्नोई
  • जितेश शर्मा
  • वाशिंटन सुन्दर
  • मुकेश कुमार
  • संजु सामसन
  • अर्शदीप सिंह
  • केएस भरत
  • प्रसिद्ध कृष्ण
  • अभेश खान र 
  • रजत पाटीदार

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २१:५३
प्रतिक्रिया दिनुहोस्