डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विनिमय दर

बिहीबार, फागुन १०, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बैँकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ०० पैसा र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०३ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा रहेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्